होमपेजचितवन विशेषचितवनको माडीमा ऐतिहासिक बस्तुहरु भेटिदै

चितवनको माडीमा ऐतिहासिक बस्तुहरु भेटिदै

चितवन , साउन ९ – चितवनको माडीमा धार्मिक , पुरातात्विक र ऐतिहासिक बस्तुहरु फेला परेका छ्न । माडी नगरपालिका वडा नम्बर १ मरोट खोलाको बाध नजिकै त्यस्ता बस्तुहरु फेला परेका हुन । मरोट खोलाको बाध बाट करिब ५०० मिटर भित्र जङ्गल क्षेत्रमा कुदिएका ढुङा , मुर्ती आकारका चट्टान लगायतका पुरातात्त्विक र ऐतिहासिक बस्तुहरु फेला परेको स्थानियहरुले बताएका छ्न । त्यहा धेरै पहिले बाट त्यस क्षेत्रमा यस्ता किसिमका चट्टान लगायतका धार्मिक पुरातात्त्विक बस्तुहरु देखिएको भए पनि कसैले खोजीनीति नगरेको उनिहरुको भनाइ छ । यसैबिच माडी भित्रका धार्मिक , एतिहासिक , पुरातात्त्विक बस्तुहरुको खोजिमा जुटिरहेको माडी नगर स्तरिय समितिका अध्यक्ष नारदमणी पौडेलले माडी क्षेत्र भित्र धार्मिक , पुरातात्विक र ऐतिहासिक बस्तुहरु फेला परेमा समिती लाई खबर गर्न आग्रह गरेका छ्न । माडीका विभिन्न स्थानमा यस्ता किसिमका बस्तुहरु बिगत देखि नै भेट्दै आएको र अहिले पनि भेटिएकोले समिती अब ऐतिहासिक तथ्य पत्ता लगाउन अग्रसर रहने बताएका छ्न । माडीको दक्षिण अयोध्यापुरी र आसपासको क्षेत्रमा केही समय पहिले प्राचीन इटा , फलाम तथा तामाका पैसा तथा अन्य स्थानमा समेत कुदिएको शिला लगायतका बस्तुहरु भेटिएका छ्न ।

तस्बिर: बिमल लामिछाने

ताजा समाचार