होमपेजचितवन विशेषमाडीको धार्मिक , पुरातात्त्विक तथ्य पत्ता लगाउन समिती गठन

माडीको धार्मिक , पुरातात्त्विक तथ्य पत्ता लगाउन समिती गठन

चितबन , साउन ८ , प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीको पश्चिम क्षेत्रमा भगबान रामको जन्मभुमी भएको र  ‘अयोध्या’ नेपालमै रहेको  बताएपछि चर्चामा आएको माडी क्षेत्रमा खोजी र अनुसन्धान लाई तिब्रता दिईएको छ । साबिक अयोध्यापुरी र माडी क्षेत्र भित्र रहेका धार्मिक एवं पुरातात्वीक तथा ऐतिहासीक महत्वका सामग्री र सुचना संकलनका लागि आज माडी नगर स्तरिय कार्य समिती गठन गरिएको छ । साविक अयोध्यापुरी गा.वि.स. अध्यक्ष नारदमणी पौडेलको संयोजकत्वमा नगर स्तरिय कार्यसमिति गठन भएको हो । माडी नगरपालिकाको समन्वयमा नगरपालिकामा बसेको सर्वदलीय सर्वपक्षीय भेलाले पौडेलको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिका सदस्यहरुमा डि.आर. पोखरेल, साध्यबहादुर भण्डारी, लोकमणी पौडेल, सुदर्शन सुवेदी, लिलकुमार गुरौ, कोमलनाथ भुसाल, दिल बहादुर गायक, कोपिला सिवाकोटी, अम्बिका लामिछाने र शिवहरि सुवेदी रहनुभएको छ । माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतामा बसेको सर्बदलीय सर्वपक्षीय बैठकमा वागमती प्रदेश सभा सदस्य रामलाल महतो, नगर उपप्रमुख ताराकुमारी काजी महतो, नेपाली काँग्रेसका चितवन जिल्ला सदस्य शोभाखर चाँपागाई एवं माडीका बिभिन्न वडाध्यक्षहरुको समेत सहभागीता रहेको जनाइृएको छ । नवगठित कार्यसमितिले आवश्यक अध्ययन गरी प्रमाणहरु संकलन गर्ने तथा माडी क्षेत्रको धार्मिक एवं पुरातात्वीक तथा ऐतिहासीक महत्वका सामग्री र सुचना संकलन र जानकारीका लागि क्रियाशिल रहने जनाईएको छ ।

ताजा समाचार