होमपेजचितवन विशेषमाडीमा जंगली हात्तीको आक्रमण रोक्न हेलोजिन बत्ती

माडीमा जंगली हात्तीको आक्रमण रोक्न हेलोजिन बत्ती

चितवन , साउन ८ – चितवनको माडी नगरपालिका वडा नम्बर १ मा जंगली हात्ती लगायतका जनावरले गाउँ पसेर बालीनाली नस्ट गर्न थालेपछी वडाका विभिन्न स्थानमा हेलोजिन बत्ती जडान गरिएको छ । वडामा जंगली जनावरले स्थानियको बाली नाली र जनधनको क्षति गरेपछी बिपत ब्यबस्थापनको रकम बाट करिब ६ किलोमिटर क्षेत्रमा बिजुली बत्ती जडान गरिएको हो । हात्ती आउने ठाउमा माडी नगरपालिकाको वडा नम्बर १ को द्रौपती नगर, पाण्डब नगर, चन्द्रपुरी, बनकट्टा पुल र लछुमनिया गरि झन्डै ६ किलोमीटर हेलोजिन सहितको पोल बत्ती जडान गरिएको वडा अध्यक्ष कृष्ण पौडेलले बताए । बर्सेनि रास्टिय निकुञ्ज बाट हात्तीको बथान गाउँ पस्ने र खेती बालि नस्ट गर्दै मानबिय क्षति समेत गर्न थालेपछी हात्तीको आक्रमण रोक्न र बालीनानी जोगाउन १ सय ५० वटा पोल मार्फत विभिन्न स्थानमा १ सय र २ सय वाटका हेलोजिन बत्तिहरु जडान गरिएको वडा नम्बर १ को कार्यालयले जनाएको छ ।

ताजा समाचार