होमपेजचितवन विशेषपहिरोले अबरुद्ध मुग्लिन - नारायणगढ सडक एकतर्फी खुल्यो

पहिरोले अबरुद्ध मुग्लिन – नारायणगढ सडक एकतर्फी खुल्यो

चितवन , साउन ७ – नारायणगढ–मुग्लिङ सडक खण्डमा मंगलबार राती १६ किलोमा झरेको पहिरोको कारण अबरुद्ध बनेको सडक आज बुधबार बेलुका बाट एकतर्फी सुचारु भएको छ ।सोमबार विहान चारकिलोमा खसेको पहिरोका कारण अवरुद्ध भएको उक्त सडक संचालन भएको केही समयमानै १६ किलोमा झरेको पहिरोको कारण अबरुद्ध भएको थियो । आज दिनभरीको प्रयास पछि पहिरो हटाएर एकतर्फी सबारीका साधनहरु संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । उता मुग्लिन – नौबिसे सडक खण्डको मौवा खोला पुलको बगाएको एप्रोचको कारण अबरुद्ध बनेको सडक अझै खुल्न सकेको छैन । मर्मतको काम तिब्र रुपमा जारी रहेकोले भोलि साझ सम्म सडक सुचारु हुन सक्ने डिभिजन सडक कार्यालयले जनाएको छ ।

ताजा समाचार