होमपेजचितवन विशेषचितवनमा आज एकै दिन ५ जनाको शब भेटियो

चितवनमा आज एकै दिन ५ जनाको शब भेटियो

चितवन , साउन ७- चितवनमा आज एकैदिन ५ जनाकाे शव भेटिएको छ।भरतपुर महानगरपालिका क्षेत्रभित्र ४ जना र खैरहनी नगरपालिकामा १ जना गरि ५ जनाकाे शव भेटिएको हाे।भरतपुर महानगरपालिकाको ठिमुरामा नारायणी नदीको किनारामा ३०० मिटरको दुरीमा २ जना ,भरतपुर-३ मा १ जना ,भरतपुर-१६ मा १ जना र खैरहनि नगरपालिका-५ मा १ जना गरि ५ जनाकाे शव भेटिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार भरतपुर-१ मा अन्दाजी १४/१५ वर्षको महिला र ५० वर्षको पुरुषकाे सडेगलेको अवस्थामा शव फेला परेको भने भरतपुर-३ मा ५० वर्षिय महिलाको र खैरहनी -५ मा ५० बर्षका पुरुषकाे शव भेटिएको प्रहरीले जनाएको हो । त्यस्तै आज नै भरतपुर-१६ झनझनेमा १ जनाको शब भेटिएको छ । उनी स्थानिय कर्ण बहादुर सुनार भएकाे जनाइएको छ । ५ जनाकाे शव भेटिएकोमा ४ जनाकाे अझै सनाखत हुन सकेको छैन भने भरतपुर-१६ का १ जनाकाे सनाखत भएको हो । भेटिएको सबै शवहरु बाढीकाे कारणले हुन सक्ने भए पनि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार