Home चितवन विशेष क्यान्सर अस्पतालमा उपचाररत महोत्तरीकि महिलामा कोरोना संक्रमण

क्यान्सर अस्पतालमा उपचाररत महोत्तरीकि महिलामा कोरोना संक्रमण

0

चितवन , साउन ७ – चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा सोमबार गरिएको परिक्षणमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्ठि भएको छ । प्रयोगशालामा गरिएको परिक्षणमा बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

उनी महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका २ कि ३५ बर्षकि महिला रहेको प्रयोगशालाले जनाएको छ । संक्रमीत महिला अन्य रोगको उपचारका लागि क्यान्सर अस्पतालमा भर्ना भएकी थिइन । प्रयोगशालामा बुधबार १ सय ५९ वटा नमुना परिक्षण गरेको जनाइएको छ ।