होमपेजचितवन विशेषनारायणी बाट गाउँ जोगाउन स्थानीय द्वारा तटबन्धन

नारायणी बाट गाउँ जोगाउन स्थानीय द्वारा तटबन्धन

चितवन , साउन ६ – अबिरल बर्षाका कारण भरतपुर महानगरपालिका वडा नम्बर २८ न्युरे चोक नजिकै नारायणी नदी गाउमा पसेपछी स्थानिहरु आफैले तटबन्धन सुरु गरेका छ्न । बर्षा सगै उर्लिएको नदीले गाउको छेउको जमिन कटान गरि गाउँ पसेपछी स्थानियको अग्रसरतामा तटबन्धन सुरु गरिएको हो ।

सोमबारको बर्षाले नारायणी नदी गाउँ प्रबेश गरेर केही क्षेती गरेको भए पनि थप जनधनको क्षती हुन नदिन स्थानियको पहलमा करिब २ सय मिटर जमिनमा जाली बुनेर ढुङ्गा हाल्ने काम गरिएको हो । जनश्रमदानमा स्थानिय जनप्रतिनिधिहरु , नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी , नेपाली सेना लगायतको सहभागिता रहेको थियो ।नारायणी नदीबाट जोगाउन बर्षभरी नै आफुहरु तटबन्धका लागि प्रयासमा लागेको भए पनि कतै बाट काम नभएपछी सिङो बस्ती नै जोखिममा रहेकाले जनसहभागिता बाट श्रमदान गरेरै भए पनि गाउँ जोगाउन प्रयासरत रहेको स्थानीय महिला अगुवा सुशिला परियारले बताइन । कहिले बजेट नभएको कहिले काम गर्ने ठेकेदार नभएको भन्दै हिउदभरी आलटाल गरेर अहिले आफुहरु लाई नदीको मुखमा पुर्याइएको भन्दै स्थानीयहरु आक्रोशित समेत भएका छ्न ।

ताजा समाचार