होमपेजचितवन विशेषचितवनमा थप एक जनामा कोरोना संक्रमण पुष्ठि

चितवनमा थप एक जनामा कोरोना संक्रमण पुष्ठि

चितवन , साउन ६ – चितवन भरतपुर स्थित भरतपुर अस्पताल कोभिड – १९ प्रयोगशालामा मंगलबार गरिएको परिक्षणमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार प्रयोगशालामा प्राप्त भएका ११२ वटा नमुना मध्य थप एक जनामा कोरोना संक्रमण पुष्ठि भएको हो ।

आज पुष्ठि भएका संक्रमीत रत्ननगर नगरपालिका वडा नम्बर १३ का ३५ बर्षका पुरुष रहेका छ्न । उनको हाल रत्ननगर अस्पतालमा उपचार भैरहेको भरतपुर अस्पताल कोभिड – १९ प्रयोगशालाकि प्रमुख डाक्टर नितु अधिकारीले बताइन । चितवनमा बिगतको तुलनामा संक्रमितको संख्या बिस्तारै कम हुँदै गएको देखिएको छ ।

ताजा समाचार