Home चितवन विशेष चितवनमा बाढी : दर्जनौ घरपरिवार बिस्थापित , देबघाटमा शब दहन गर्न समस्या

चितवनमा बाढी : दर्जनौ घरपरिवार बिस्थापित , देबघाटमा शब दहन गर्न समस्या

0

चितबन , साउन ६ , तिन दिन देखीको बर्षाका कारण चितबनको जनजीबन प्रभाबित भएको छ । बर्षाका कारण चितबनका अधिकांश नदी तथा खोलामा आएको बाढीका कारण बिभिन्न स्थानमा क्षती पुगेको छ । नारायणी नदीको जल स्तर सोमबार बिहान बाट उच्च रहेको र हाल सम्म यस्तै रहेको छ । धेरै बर्ष पछि नारायणी नदी उच्च रुपमा बहाब भएको स्थानियबासीहरुले बताएका छन । नारायणी नदीका कारण पश्चिम चितबनका ३ बटा वाडका दर्जनौ परिबार घर छोडन बाध्य भएका छन । आज बिहान भरतपुर महानगरपालिका वडा नंम्बर ३ स्थित सडक बालबालिका पुनःस्थापन केन्द्र, हाम्रो घरु संंस्थामा बाढीको चपेटामा परेका ३० जना बालबालिका र २ जना आमाहरुलाइ नेपाल प्रहरीका उद्दारकर्मीहरुले उद्दार गरेको जिल्ल प्रहरी कार्यालय चितबनले जनाएको छ ।

नारायणी नदीको बाढीका कारण धार्मिक क्षेत्र देबघाटमा पनि जनजीबन असहज भएको छ । नदीले शब शब जलाउन जम्मा गरि राखीएको करिब २ ट्क दाउरा बगाएको छ भने बैदिक धर्मशाला लगायतका आश्रमा पानी पसेको तथा देबघाट क्षेत्र बिकाश समितीले निर्माण गरेको गोलघरमा समेत पानी पसेर क्षती पुरयाएको देबघाट क्षेत्र बिकाश समितीका कार्यकारी निर्देशक धिरन घिमीरेले बताए ।नदीका बहाब उच्च भएकाले अहिले शब दहन गर्ने स्थान समेत नभएको उनको भनाई छ ।
उता माडीमा रिउखोलामा आएको बाढीले पनि सिमरा आसपासको जमिन कटान गरेको र सिमरा आउ जाउ बन्द भएको छ पानीको निकासीमा समस्या हुदा मलाहि टोल डुवानमा परेको छ । मगोईखोलाले ड्याम मात्र भएको ठाउँमा कटान गरेर थोरै मात्र ड्याम बाँकी राखेको छ । रौतनि खोलामा लगाईएको तारजाली सहितको ड्यामलाई खोलाको बाढीले बगाएको वडा नं ३ काअध्यक्ष पुरन महतोले बताए। त्यसैगरि माडी नगरपालिका २ सितलपुरमा कृष्ण परियारको घरको दिवाल भत्किएको छ भने बैराठ, पौवारी, भैरवपुरको तल्लो क्षेत्र र मगोईखोला तर्फ भैरबपुर, जिवनपुरमा डुवान हुनुका साथै चिताई खोलाले समेत आसपासको जमिन कटान गरेको वडा नं २ का अध्यक्ष ईश्वरीप्रसाद ढकालले बताएका छन ।
माडी नगरपालिका वडा नम्बर १ को डाङ्ग्रे खोलामा आएको बाढीका कारण गर्दि सेरुवा क्षेत्रका घर, खेत तथा बाटो डुवानमा परेको छ । ब्रह्मपुरीमा खेतको पानी निकासिमा समस्या हुदा केही बाटोहरू जलमग्न भएको छ ।यस्तै नयाँ पिपरियामा केही घरमा पानी पसेको छ । माडी नगरपालिकाकै वडा नंम्बर ७ को देवेन्द्रपुर , दिबानगर तथा त्यस आसपासको क्षेत्रमा खोलाले कटान गर्नुका साथै पानीको निकास नहुँदा बस्ती डुवानमा परेको छ । त्यस्तै वडा नम्बर ९ मा समेत पानीको निकासीमा समस्या हुदा केही ठाउँहरू डुवानमा रहेको, खोला तथा घोलमा आएको बाढीले आवत जावत प्रभावित भएको छ। माडी नगरपालिका ४ समेत मगोइ,चिताई लगायतका खोलाहरुमा आएको बाढीका कारण जनजीवन प्रभाबित भएको छ ।