होमपेजचितवन विशेषचितबनमा स्क्रबटाईफसका कारण एक जनाको मृत्यु

चितबनमा स्क्रबटाईफसका कारण एक जनाको मृत्यु

चितवन, साउन ६ , बिश्बमा कोरोना सक्रमणले महामारीको रुप लिएको बेला चितबनमा स्क्रबटाईफसका कारण एक जनाको ज्यान गएको छ । मुसाको जुम्राको टोकाईबाट स्क्रबटाईफसका कारण भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुराका ३२ वर्षिय पुरुषको मृत्यु भएको हो ।
असार २९ गते उनी उपचारका लागि भरतपुर अस्पताल भर्ना भएका थिए । ज्वरो संगै स्वासप्रस्वास, मुटु र कलेजोमा समेत समस्या देखिएका उनको आज मंगलबार बिहान आइृसियुमा मृत्यु भएको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले बताए।
बिरामीको मृत्युको कारणमा स्क्रबटाईफस लगायत अन्य संक्रमण लगायतको स्बास्थ्य समस्या रहेको जनाईएको छ ।जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा डेंगुबाट चितवनमा भर्ना भएका तीन जना मध्ये एक जनामा स्क्रबटाईफस देखिएको थियो । मुसाको जुम्राले टोकेर स्क्रबाटाईफस हुने गेको कार्यालयले जनाएको छ ।
जुम्रा मुसाबाट मानिसमा सर्ने र यसले टोकेपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीरका विभिन्न ठाउँमा रातो डाबर सहितको फोका आउने, शरीरका विभिन्न अंग दुख्ने संक्रमण हुने जनाइएको छ ।

ताजा समाचार