होमपेजचितवन विशेषडुवानका कारण पश्चिम चितवनका ५० परिवार सुरक्षित स्थानमा सारियो

डुवानका कारण पश्चिम चितवनका ५० परिवार सुरक्षित स्थानमा सारियो

चितवन , साउन ५ – अबिरल बर्षा सगै नारायणी नदिका कारण डुबानमा परेको पश्चिम् चितवनका ३ वटा वडाका करिब ५० परिवारका २ सय जना स्थानियबासी र पशु चौपाया लाई सोमबार राती सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।भरतपुर महानगरपालिका वडा नंम्बर १६ झनझने, वडा नंम्बर २६ र २७ का केही स्थानमा नारायणी नदीको कारण डुबान भएपछी स्थानिय युबा र नेपाल प्रहरीको सहयोगमा स्थानीयहरु लाई उद्दार गरी सुरक्षित स्थानमा ल्याइएको हो । स्थानान्तरण गरिएका उनिहरु लाई गाउमा रहेको बिद्यालयहरुमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले पनि बाढिको बहाव उच्च रहेकोले उद्दारको काम जारी रहेको जनाइएको छ । पश्चिम चितवन क्षेत्रमा अझै बढी क्षति हुन सक्ने भन्दै आज साझ बाट नै उद्दारका लागि सुरक्षाकर्मी खटाइएको हो । अबिरल बर्षाका कारण चितवन जिल्लाको विभिन्न स्थान डुबान परेको छ भने केही घर भत्किएको जनाइएको छ ।

ताजा समाचार