होमपेजचितवन विशेषचितवनमा बाढी पहिरो : एक जना बेपत्ता , तीन घर बगायो

चितवनमा बाढी पहिरो : एक जना बेपत्ता , तीन घर बगायो

चितवन , साउन ५ – चितवनमा बाढी पहिरोमा परी एक जना बेत्ता भएका छन् भने तीन घर बगाएको र दर्जनौ घर डुवानमा परेका छन् । खैरहनी नगरपालिका वडा नं. ११ का अन्दाजी ३०/३१ वर्षिय राजु बोटेलाई राप्ती नदीमा माछा मार्ने क्रममा बाढीले बगाएर बेपत्ता बनाएको र
ईच्छाकामना गाउँपालिकाको फिस्लिङमा त्रिशुली नदीले तीन घर बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बाढी पहिरोले सोमबार ठाउँठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएका छन् । आइतबार राती चार किलोमा गएको पहिरोका कारण आपटारीमा सयौ सबारीका साधन रोकिएका छ्न । पहिरोले मानबिय क्षति हुने सम्भावना भएपछी सबारीका साधन लाई नारायणगढ आपटारी र मुग्लिनमा रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यता नारायणी नदीको बहाव उच्च भै खतराको संकेत नाघे सगै भरतपुर महानगरपालिका वडा नं. १६ र २६ मा विभिन्न क्षेत्रमा डुवान भएको छ । वडा नं. २६ र १६ का करिब ५० घरका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने मानबिय क्षेती हुन नदिन जिल्ला बाट नेपाल प्रहरी र ससत्र प्रहरीको टोलि उद्दारका लागि पश्चिम चितवन पठाइएको जनाइएको छ । त्यसैगरी नारायणी नदिको पानीले देबघाट क्षेत्रमा पनि क्षति गरेको छ ।

देबघाट धामको चितवन तर्फ किनारामा रहेका सोलार बत्ती लगायतको भौतिक संरचना बगाएको छ भने केही मन्दिर र आश्रममा पानी पसेर क्षति गर्नुका साथै शब दहनका लागि जम्ममा गरि राखिएका दाउरा समेत बगाएको स्थानियले बताएका छ्न ।

ताजा समाचार