होमपेजचितवन विशेषनारायणी नदी खतराको संकेत पार गर्यो , किनारका जोर हात्तीको मुर्ति...

नारायणी नदी खतराको संकेत पार गर्यो , किनारका जोर हात्तीको मुर्ति बगायो

चितवन , साउन ५ – लगातारको वर्षापछि आएको बाढीले नारायणी नदीमा पानीको वहाब खतराको संकेत पार गरेको छ । नारायणी नदीको खतराको संकेत पार गरेको जलमापन केन्द्रले जनाएको छ । नारायणी पुलमा समेत चेतावनीको संकेत नाघेको हो । नारायणी नदि किनार क्षेत्र नदि पुरै फैलिएको छ भने नदि किनार पार्कमा रहेको जोडि हात्ती समेत नदिले बगाएको छ । केही समय अगाडी एउटा र अहिले अपराह्न ४ बजे अर्को हात्तिको मुर्ती बगाएको हो । नारायणी नदि बढेको हेर्न स्थानीयहरुको भिड लागेको छ तर प्रहरीले नदिले खतराको संकेत पार गरेको हुदा नदि हेर्न आउनेहरु लाई छेउ जान बाट रोक लगाएको छ ।

नारायणी नदि किनारका कतिपय संरचना बगाएको र केही बालुवाले पुरेको स्थानियहरुले बताएका छ्न ।
निरन्तरको वर्षाले नारायणी नदीमा बाढी आउँदा पश्चिम चितवनको मंगलपुर, गुञ्जनगर, दिव्यनगर र मेघौलीमा लगायतका स्थान कटान र डुबानको खतरामा परेको छ । जिल्लाका अन्य क्षेत्रमा समेत बाढीले क्षति पुर्याएको जनाइएको छ । सोमबार खतराको संकेत पार भएसँगै चितवन जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर नदी आसपासको क्षेत्रमा बस्ने स्थानीयलाई सावधानी अपनाउन अपिल गरेको थियो ।

ताजा समाचार