होमपेजचितवन विशेषनिरन्तर बर्षाका कारण चितवनका विभिन्न स्थानको जनजीवन प्रभाबित

निरन्तर बर्षाका कारण चितवनका विभिन्न स्थानको जनजीवन प्रभाबित

चितबन, साउन ५ – आईतबार देखी परेको बर्षाका कारण चितबनका बिभिन्न स्थानको जनजीबन प्रभाबित भएको छ । बर्षाका कारण जिल्लाका बिभिन्न स्थानमा बाढी तथा पहिरोले जनजीबन प्रभाबित भएको हो । हिजो देखीको अबिरल बर्षाका कारण नारायणी नदीमा पानीको बहावले सतर्कता तह पार गरेकोले छेउछाउको बस्तीमा बाढी पस्न सक्ने खतरा बढेको छ ।
निरन्तरको वर्षाले नारायणीको बहाव आइतबार रातीदेखि बढ्दै गएको हो । नारायणी पुल आसपासको क्षेत्रमा यस बर्षकै पानीको बहाब उच्च रहेको स्थानिय बासीले जनाएका छन । चितबनमा नारायणी , राप्ती , माडी क्षेत्रमा रहेका रिउ नदी र खोलाहरुमा समेत पानीको बहाब बढेको जनाईएको छ ।

उता सोमबार बिहानै बाट अबरुद्ध बनेको नारायणगढ मुग्लिन सडक खण्डमा गएको पहिरोका कारण अबरुद्ध बनेको सडक अझै सुचारु हुन सकेको छैन । इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा गएको पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितबनले जनाएको छ । पहिरो गएको स्थानमा माथी बाट ढुंगा खस्ने क्रम नरोकिएका कारण समस्या भएको हो ।यसैबिच पानीको सतह बढ्दै गएकोले चितवन र नवलपरासीको नारायणी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

फोटो : बिनोद / लेखराम

ताजा समाचार