Home चितवन विशेष निकुञ्ज प्रशासनले माडी कुसुमखोला बस्तीमा आगो लगायो

निकुञ्ज प्रशासनले माडी कुसुमखोला बस्तीमा आगो लगायो

0

चितवन , साउन ४ – बिगत देखि नै बिकाश निर्माणमा अबरोध गर्दै आएको चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीमा २ वटा घरमा आगो लगाएको छ भने हात्ती लगाएर ८ वटा घर भत्काई दिएको छ ।निकुञ्ज प्रशासनले निकुन्ज क्षेत्र अतिक्रण गरेको भन्दै माडी नगरपालिका वडा नम्बर ९, कुसुमखोलाको सुकुम्बासी बस्तिमा आगजनी गरेको हो । आगजनीका कारण २ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् भने घरमा रहेका कागजात , अन्नपात र नगदपैसा समेत जलेको माडी-९ का वडाध्यक्ष शिवहरि सुवेदीले बताए ।
निकुञ्जले बिगत देखि नै नगरपालिका र अन्य सरकारी निकायहरुबाट सुकुम्बासी बस्तीहरुमा गर्दै आएको विकास निर्माणका कामहरुमा अबरोध गर्दै आएको र बाँदरझुला र कुसुमखोला लगायतका स्थानका बस्ती हटाउन सुचना निकाली बल प्रयोग गर्दै आएको उनको भनाइ छ । निकुञ्ज प्रशासनका कारण पटक पटक स्थानियहरु बिचल्लीमा पर्दैआएका छ्न ।