होमपेजचितवन विशेषचितवन माडीमा सशस्त्र प्रहरी लाई सुरक्षा सामाग्री हस्तान्तरण

चितवन माडीमा सशस्त्र प्रहरी लाई सुरक्षा सामाग्री हस्तान्तरण

चितवन , साउन ४ – चितवनको माडी नगरपालिकाको समन्वय तथा आर एन एनको सहयोगमा ससत्र प्रहरी बल सिमा सुरक्षा छरछरे लाई लाइफ ज्याकेट लगायतको सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । माडी नगरपालिका मार्फत उपलब्ध भएको खोज तथा उद्दारका लागि आबश्यक हुने सामाग्री मध्ये आज एक कार्यक्रमको आयोजना गरि १० थान लाइफ ज्याकेट र २ रोल नाइलन डोरि हस्तान्तरण गरेको हो । सुरक्षा सामाग्री बिना उद्दार असहज हुने भएकाले अत्यावश्यक सामान हरु हतान्तरण गरिएको माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले बताए । दैबी प्रकोप लगायतका बिपदमा सुरक्षा सामाग्री अभाबमा उद्दार गर्न असहज भएको अबस्थामा हस्तान्तरण गरिएको सुरक्षा सामाग्रीले थप मद्दत पुग्ने सशत्र प्रहरी बल सिमा सुरक्षा कार्यालयका प्रमुख थकाली थारुले बताए । कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागी रहेको थियो ।

ताजा समाचार