होमपेजचितवन विशेषव्यावसायिहरु लाई मध्यनजर गर्दै माडीमा कर संकलन शिविर संचालन

व्यावसायिहरु लाई मध्यनजर गर्दै माडीमा कर संकलन शिविर संचालन

चितवन , साउन ४ – चितवन माडी नगरपालिका क्षेत्र भित्रका व्यावसायिहरु लाई मध्यनजर गर्दै माडीमा  कर संकलन शिबिर आज आइतबार बाट सुरु गरिएको छ | लकडाउनको अबस्था र भौगोलिक हिसाबले सदरमुकाम भरतपुर टाढा रहेकाले कर संकलन शिबिर माडीमै गरिएको हो । उद्योग बाणिज्य संघ माडी र आन्तरिक राजस्व कार्यलय भरतपुरको संयुक्त आयोजनामा कर संकलन शिबिरको आयोजना गरिएको हो । नेपाल सरकारले पान नविकरण अन्तरगत २० लाख भन्दा कम कारोबार भएका र २ लाखसम्म आय हुने व्यवसायीहरुलाई ४ हजार तोकेको भए पनि यस बर्ष कोरोनाका कारण ७५ प्रतिशत कर छुट दिएको आन्तरिक राजश्ब कार्यालयले जनाएको छ । किराना लगायतका सामान्य व्यावसायिहरुले १ हजार मात्र कर तिरे पुग्ने भए पनि भए पनि मदिरा, सुर्तीजन्य लगायतका पदार्थहरुमा भने पहिले तोकिएको अनुसारको रकम तिर्नुपर्ने उद्योग बाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्यले बताए ।
दुइ दिन सम्म संचालन हुने कर संकलन शिबिरमा माडी क्षेत्रका उल्लेख्य साना कर दाता तथा ब्यबसायीहरुको सहभागिता रहेको उद्योग बाणिज्य संघ माडीले जनाएको छ ।

फोटो – रेडियो माडी

ताजा समाचार