होमपेजताजा समाचारशनिबार थपिए ५७ संक्रमित, निको हुनेको संख्या १०३ जना

शनिबार थपिए ५७ संक्रमित, निको हुनेको संख्या १०३ जना

नेपालमा पछिल्लो २४ घण्टायता थप ५७ जना कोरोना संक्रमित भेटिएका छन्। देशभरका २७ वटा प्रयोगशालामा गरिएका ३३३१ वटा पीसीआर विधिबाट गरिएका नमुना परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको निमयिमत मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यससँगै हालसम्म संक्रमित हुनेको संख्या १७५०२ पुगेको जानकारी दिए।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ११६३७ पुगेको छ।

हाल आइसोलेनसमा बस्ने सक्रिय संक्रमित ५८२५ जना र २३२७५ जना क्वारेन्टिनमा छन्।

मन्त्रालयका अनुसार हालसम्म सरकारले ३११८२९ जनाको पीसीआर परिक्षण गरेको छ। नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

ताजा समाचार