होमपेजचितवन विशेषरामायणकाे अयोध्या नै अयाेध्यापुरी भएको हुन सक्ने २० तथ्यहरु

रामायणकाे अयोध्या नै अयाेध्यापुरी भएको हुन सक्ने २० तथ्यहरु

चितवन , साउन २ – प्रधानमन्त्री केपि ओलिले केही दिन अगाडी भानु जयन्तीको अबसरमा भगवान राम र अयोध्याका विषयमा दिएको अभिव्यक्ति पछि तर्क बितर्क सुरु भएको छ । अयोध्या नेपालमा नै भएको हुन सक्ने भन्ने खोजी र अनुसन्धानमा लागेकाहरुले पनि केही तथ्यहरु र प्रमाण दिई रहेका छ्न । पछिल्लो समय यसरी तथ्यहरु सामाजिक संजालमा समेत आइ रहेका छ्न । जुन जस्ताको त्यस्तै यहाँ साभार गरिएको छ ।
“ईण्डिया अंग्रेजहरुकाे कब्जामा र ईण्डियनहरु अंग्रेजकाे गुलाम भएका बखत हिन्दु, मुस्लिम, सिख,बाैद्धहरुलाई अापसमा लडाउन भिडाउन अंग्रेजहरुले धेरै धार्मिक स्थलहरुलाई फेरवदल गरेर विवादित बनाउने र धर्मशास्त्र लुटेर बेलायतकाे लाईब्रेरीमा लगेर लुकाएर राखेर अपब्याख्या गर्ने गराउने गरेकाे देखिन्छ । मुसलमानहरुकाे अाक्रमणमा पनि ईण्डियाका धेरै मन्दिरहरु लुट्ने, अस्तित्व मेटाउने र मेटिएका मन्दिरकाे सम्झनामा अन्त्यन्त्र नयाँ मन्दिर स्थापित गर्ने गरिएपनि नेपालमा धेरै तिर्थस्थलहरु सुरक्षित र अाधिकारीक रहेका छन। नेपालमा रहेका निम्न लिखित प्रमाण र अन्य थुप्रै प्रमाणका अाधारमा रामायणमा उल्लेखित सक्कली अयाेध्यापुरी (नक्कली अयाेध्या हाेईन) साे क्षेत्र पहिचान भै सकेकाे छ तर त्यसकाे सुरक्षाकाे पूर्ण ब्यवस्था गरेर पुरातत्व विभाग र विद्वान अनुसन्धानकर्ताकाे पहलमा घाेषणा गर्दा राम्राे हुनेछ नत्र असली अयाेध्यापूरीका सामान चाेरीन लुटिन सक्छन ।” वाल्मीकि रामायणमा सक्कली अयाेध्यापुरीसंग सम्बन्धित प्रारम्भिक अाधारहरु यस प्रकार रहेका छन :

१. राम र लव कुशका गुरुहरु वशिष्ठ, वाल्मीकि लगायतका रामायणसंग सम्बन्ध देखिने विभिन्न ऋषिमूनी बसेकाे र ध्यान तपस्या गरेका स्थान, दुरि र तर्फ,
२.वाल्मीकि अाश्रममा रहेका रामकाे घाेडा बाँधिएकाे स्थान र साे नजिक रहेका कुवा, नदि र भूगाेलकाे वर्णन, दुरी, तर्फ
३.जनकपुर, रामधुनि, दशरथले श्रवण कुमारलाई बाण हानेकाे खाेला, राज्य बिस्तार, लव कुशका सन्तान मानिएकाहरुकाे हालकाे बस्तीकाे दुरी र तर्फ,
४. राम जन्म भूमि वारे ईण्डियाकाे सर्वाेच्च अदालतमा हिन्दु र मुसलमान दुबै पक्षबाट पेश गरिएका सबुद प्रमाण र भारतकाे अयाेध्यामा रामकाे जन्म पुष्टि हुन नसकेकाे भनि साे अदालतकाे व्याख्या सहितकाे फैसला,
५.विभिन्न विद्वानहरुकाे अध्ययन अनुसन्धानकाे निस्कर्ष रहेका पुस्तक, लेख रचनाहरु,
६.हाल भारतमा देखाईएकाे अयाेध्याकाे पुरानाे नाम साकेत रहनु र साे स्थानमा बाैद्ध स्थल रहेकाे पुष्टि हुनु र बुद्धिस्थहरुले साे स्थान बाैद्ध धर्मावलम्विलाई हस्तान्तरण गर्न माग गर्दै सप्रमाण अान्दाेलन चलाईरहेका,
७. हालका ईण्डियाकाे श्रावस्ती जिल्लामा लव कुशले राज्य विस्तार गरेकाे ऐतिहासिक प्रमाण रहेकाे, तर्फ र दुरी मिलान,
७.रामले सितालाई अन्तिम पटक भेटेकाे बेलन सितालाई अयाेध्या फिर्ता जाँउ भनी अनुराेध गरेपछि जान नमानी सीताले अात्म हत्या गरेकाे भनिएकाे ऐतिहासिक स्थान, दुरी र तर्फ,
८.दुर्वासा ऋषिसंग लक्ष्मणकाे विवाद पछि देश निकालकाे सजाय ताेकिएका लक्ष्मणले अात्म हत्या गरेपछि अाफुलाई एक्लाे र टुहुराे महसुस गरि रामले पनि सर्यु नदिमा हाम फालेस देहत्याग गरेका भनिएका राम र लक्ष्मणले अात्महत्या गरेका स्थान, दुरी र तर्फ
९.रावणकाे हाल भेटीएकाे दरवार, पुष्पक विमानबाट रावण अाएकाे दुरि र तर्फ ,
१०.नावालक सीता भेटिएकाे स्थान (सितामणी), दुरी र तर्फ,
११..सीता गर्भवती भएका बखत लक्ष्मणले वाल्मिक अाश्रममा छाेड्न जाँदाकाे दुरी, तर्फ र भाैगाैलिक वर्णन,
१२.भारतकाे नक्कली सर्यु नदिकाे पुरानाे र केही भागकाे साविक देखि हाल सम्मकाे नाम घाघरा रहनु ,
१३. नेपालकाे अयाेध्यापुरीमा रहेकाे सर्यु नै हालकाे रेयु नदिकाे अपभ्रंससंग हुँदै कायम रहनु,
१४.गुगल सर्च गर्दा देखिने नेपालकाे अयाेध्यापुरीबाट रामायणमा वर्णित विभिन्न अाश्रमहरुकाे पैदल यात्राका दुरि मेल खानु तर भारतकाे अयाेध्यासंग मेल नखानु,
१५.ऐतिहासिक त्रिवेणी धाम र तीन नदिकाे नाम , दुरी र तर्फ मिलान,
१६.रामका पूर्वज मनुसंग सम्बन्धित रहेकाे कालिकाेटबाट अयाेध्यापुरी अाएकाे,
१७.चितवनको माडीकाे अयाेध्यपुरी देखि १२ किमी पूर्वमा विश्रामपुर भन्ने ठाउँ छ । जहाँ रामहरू वनवास जाने क्रममा पहिलो दिन बास बसेका थिए भनिन्छ।
१८. ईण्डियाकाे पुरानाे सक्कली हस्तलिखित नक्शामा नक्कली अयाेध्या भएकाे ठाँउलाई सकेत भनेर उल्लेख गरेकाे छ,
१९.भारतकाे नक्कली अयाेध्यामा उत्खनन् गर्दा विभिन्न ऐेतिहासिक भग्नावशेषमा बुद्धकाे मुर्ति फेला परेकाे र भारतकाे पुरातत्व विभागका प्रमुखकाे अनुसन्धान लेख,
२०. शिलालेख,वर्णन,व्याख्या उलेलेखित पुस्तक र शास्त्रहरु,उल्लेखित कुराहरुका अलावा अझै अध्ययन, अनुसन्धान र पुरातात्विक उत्खनन् गराैं अनि मात्र समर्थन वा विराेधका अाफ्नाे धारणा राख्दा राम्राे हाेला ।
(-राजेन्द्र शर्माको वालबाट)

ताजा समाचार