होमपेजUncategorizedआज १६७ जनामा कोरोना पुष्टि, २१३ जना डिस्चार्ज

आज १६७ जनामा कोरोना पुष्टि, २१३ जना डिस्चार्ज

काठमाडौं श्रावण १ – आज देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा १६७ जनामा पुष्टि भएको छ।

विगत २४ घण्टामा २७ वटा प्रयोगशालामा ४ हजार ९८१ जनाको पीसीआर नमुना परीक्षण गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ हजार ३४४ पुगेको छ।

हाल देशभरका विभिन्न क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या २३ हजार ५०० छ। त्यस्तै कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसिरहेका व्यक्तिको संख्या ६ हजार ५६ मात्र छ।

विगत २४ घण्टामा २१३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २४९ रहेको छ। यो कुल संक्रमितको ६४.८५ प्रतिशत हो।

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३९ छ।

ताजा समाचार