Home चितवन विशेष अयोध्यापुरीका स्थानिय जुर्मुराउदै , जानकारी दिने उदेश्यले समिती गठन

अयोध्यापुरीका स्थानिय जुर्मुराउदै , जानकारी दिने उदेश्यले समिती गठन

0

चितवन , साउन १ – प्रधानमन्त्री केपि ओलिले केही दिन अगाडी भगवान राम नेपाली भएको र धार्मिक क्षेत्र अयोध्या नेपालमै रहेको बताएपछी एकाएक तरङ्गमा आएको चितवन माडीका स्थानियबासी उत्साहीत बनेका छ्न । प्रधानमन्त्री ओलिले अयोध्या क्षेत्रका बारेमा दिएको अभिव्यक्तिले माडी अयोध्यापुरीका स्थानिय अगुवाहरु उत्साहित बनेका हुन । माडी ठोरी क्षेत्रको एतिहासिक तथा धार्मिक पुरातात्त्विक महत्वको विषयमा उत्खनन गर्नका लागि सरकारले तदारुकता देखाए पछि सरकारको होस्टेमा हैसे गर्न अग्रसर भएका हुन।यसैबिच अयोध्या क्षेत्रमा रहेका पुरातात्त्विक बस्तु सम्बन्धि जानकारी सकलन गर्न र सरकारी तथा गैरसरकारी सघ सस्था लाई जनकारी दिन अयोध्यापुरी क्षेत्रका सामाजिक ब्याक्तित्वहरुको भेला बाट आज समिती गठन गरिएको छ । भेलाले तत्कालिन अयोध्यापुरी गाउँ बिकाश समितीका अध्यक्ष नारदमणी पौडेलको संयोजकत्वमा समिती गठन गरिएको हो । समितीका सदस्यहरुमा जित बहादुर शाही ,महोदत्त काफ्ले , तिलु पुरी , मुक्ती न्यौपाने रहेको सचिबालय गठन गरिएको हो । समितिले अयोध्यापुरी क्षेत्रको एतिहासिक तथा पुरातात्त्विक क्षेत्रको अनुसन्धान तथा अन्वेषण गर्न आउने लाई सरकारी , गैरसरकारी टोलि लाई अहिले सम्म भए गरेका विषयमा जानकारी दिने जनाइएको छ ।