होमपेजचितवन विशेषअनलाइन कक्षा बन्द हुने भएपछी विद्यार्थी अन्योलमा : अभिभावक फेशबुकमा पीडा पोख्दै

अनलाइन कक्षा बन्द हुने भएपछी विद्यार्थी अन्योलमा : अभिभावक फेशबुकमा पीडा पोख्दै

चितवन , साउन १ – बिश्वब्यापी महामारीको रुपमा देखिएको कोरोना संक्रमणले पैदा गरेको असहज अबस्थामा नेपाल सरकारले अनुरोध गरेको लकडाउनको अबधि ४ महिना पुग्दैछ । लकडाउनका कारण सबै क्षेत्र प्रभावित बनेका छ्न । स्कुल कलेज बन्द छ्न दैनिक शिक्षा हासिल गर्न जाने विद्यार्थीहरु घरमै छ्न । लकडाउनको केही समय पछि प्रबिधी भएका धेरै निजि बिधालय र कलेजहरुले अनलाइन कक्षा संचालन गरेका थिए तर साउन १ अर्थात आज बाट ती कक्षाहरु पनि बन्द गर्ने निर्णय भएपछी बालबालिकाको भबिस्य के हुने भन्ने धेरै अभिभावक लाई चिन्ता बढेको छ । विद्यालय जान नपाए पनि घरनै बसेर केही कुरा सिक्दै गरेका उनिहरु अब शिक्षा बाट बन्चित हुनु परेको भन्दै चिन्तामा परेका छ्न । कतिपय अभिभावक हरुले बालबालिकाको शिक्षामा सरकार र निजि क्षेत्र गम्भिर नभएको भन्दै आक्रोश समेत पोखेका छ्न । भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडकी महिला अगुवा अमृता भट्टराई आफ्नो फेशबुक पेजमा मार्फत यसो लेख्छिन “बिद्यालयको अनलाइन कक्षा बन्द गराउने सरकारको निर्णय प्रति मेरो पुर्ण असहमति छ!! बिद्यार्थी स्कुल जान बाट बन्चित भए पनि बिद्धुतिय माध्यम बाट केहि हद सम्म भएपनी सिकेका नै थिय !! शिक्षण सिकाइ बिस्तारै प्रभावकारी हुदै थियो ।बिद्धुतिय माध्यमको पढाइका लागि आवस्यक इन्टेरनेट सुबिधा र मोबाइल ल्यापटप जस्ता सामग्रीमा सहुलियत दिनु को सट्टा अनलाईन कक्षा नै बन्द गराउनु कति सम्म उचित हो ??? ” उनले देशको दुर दराजको पीडा लाई यसरी भनिन “रुकुम रोल्पा मा औसधि नपाएर जनता मरे भने त्यहाँ औसधि पुर्याउने हो कि त्यहाँ औसधि छैन भनेर राजधानीमा बस्ने लाइ पनि औसधि नदिइ मार्ने हो ?? ” ३० लाख बिद्यार्थीले लिइरहेको कक्षा बन्द गर्नु जायज छैन । लाखौ कलिला बालबालिकाको भबिस्य र बेरोजगार भएका शिक्षकको निस्चित शुल्क निर्धारण गरि अफिस जाने, काम गर्ने अभिभावक लाइ मध्य नजर गर्दै बिहानि तथा सन्ध्याकालिन अनलाइन कक्षा पुन: संचालन गरियोस । ” उनको भनाइ यस्तो छ । उनी त प्रतिनिधि पात्र मात्रै हुन धेरै अभिभावकहरु अहिले यस्तै पिडामा बसेका छ्न ।

ताजा समाचार