होमपेजचितवन विशेषभरतपुरको परिक्षणमा माडीका ८ सहित नवलपरासीका ११ संक्रमीत थपिए

भरतपुरको परिक्षणमा माडीका ८ सहित नवलपरासीका ११ संक्रमीत थपिए

चितवन , असार ३१ – चितवन भरतपुर स्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा मंगलबार गरिएको परिक्षणमा चितवन माडीका थप ८ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । हिजो प्रयोगशालामा गरिएको ३०८ नमुना मध्ये चितवन माडीका ८ र नबलपरासीका ११ जनामा कोरोना संक्रमण पुष्ठि भएको हो । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीका अनुसार माडी नगरपालिकाका वडा नम्बर १,७ र ८ का ३२, ३५ , १९, २२ , २४ , २८ , ३६ र ३६ बर्षका संक्रमीत रहेका छ्न ।

त्यसैगरी नवलपरासी कावासोती वडा नम्बर ५ र ८ का २६ र ४८ बर्षका पुरुष हुन । परिक्षणकै क्रममा बुलिङ्टार ३ र ४ का १९ , ३० , ३० , २५ , २४ , २४ , ३४ !२७ बर्षका पुरुष र ३२ बर्षका १ महिना छ्न । उनिहरु सबै विभिन्न क्वारेन्टाइनमा बसेकाहरु रहेको जनाइएको छ ।

ताजा समाचार