होमपेजताजा समाचारथप ११६ जनामा सङ्क्रमण, कुल सङ्ख्या १७ हजार नाघ्यो

थप ११६ जनामा सङ्क्रमण, कुल सङ्ख्या १७ हजार नाघ्यो

काठमाडौं, असार ३० – नेपालमा विगत २४ घण्टामा थप ११६ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

यो वृद्धिसँगै मङ्गलवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,०६१ पुगेको छ।

तीमध्ये १०ऽ३२८जना अर्थात् ६०.५३ प्रतिशत सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ३८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

विगत २४ घण्टामा ३४ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयपब प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन्। अहिले देशभरि ६,६९५ सक्रिय सङ्क्रमित भएको उनले बताए।

ताजा समाचार