होमपेजसमाचारकैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी घुससहित पक्राउ

कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी घुससहित पक्राउ

धनगढी, असार ३० – कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारीलाई अख्तियारको टोलीले सेवाग्राहीबाट लिएको घुस सहित पक्राउ गरेको छ ।

गाउँपालिकाका सूचना अधिकारी शिद्धराज जोशीलाई ८५ हजार घुस सहित अख्तियारको टोलीले मंगलबार कार्यालयबाटै पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रबक्ता टोपबहादुर बिष्टले प्रहरी निरीक्षक अनिल गिरीको नेतृत्वको टोलीले पक्राउ गरेको जानकारी दिए।

उनका अनुसार अख्तियारको टोली सोमबार नै जोशीपुर गाउँपालिका पुगेको र गाउँपालिकाका सुचना अधिकारी जोशीले सेवाग्राहीबाट लिएको घुस आफ्नो कार्यकक्षमै छोडेर भागेको थिए।

अख्तियारको टोलीले जोशीले घुस लिएको पैसा ८५ हजार सोमबार नै जफत गरेको र सुचना अधिकारी जोशीलाई मंगलबार पक्राउ गरेको अख्तियार प्रबक्ता बिष्टले जानकारी दिए।

प्रबक्ता बिष्टका अनुसार पक्राउ परेका जोशीलाई आजै महेन्द्रनगर स्थित अख्तियार कार्यालय ल्याईएको र उनलाई अख्तियारको केन्द्रिय कार्यालय पठाईने र उतैबाट थप अनुसन्धान हुनेछ। सूचना अधिकारी जोशीले तालिममा सहजिकरण गरेको भन्दै घुस लगेको बुझिएको छ।

ताजा समाचार