Home ताजा समाचार नबलपरासीको दाउन्नेमा पहिरो सगै रुख ढल्दा सडक अबरुद्ध

नबलपरासीको दाउन्नेमा पहिरो सगै रुख ढल्दा सडक अबरुद्ध

0

चितवन , असार ३० – पूर्वपश्चिम राजमार्गको पुर्बी नवलपरासीको दाउन्ने सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।आज विहान ५ बजेको सखसेको पहिरो र पहिरोसंगै ढलेको रुखका कारण राजमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्बका अनुसार पहिरो सगै ढलेको रुखले गर्दा बाटोमा समस्या आएको र र दुई वटा सवारीमा समेत रुखले क्षति पुर्‍याएको छ । क्षति पुगेका सबारीहरुमा बुटबल बाट नारायणगढ तर्फ आउँदै गरेको बा १४ च ७०२० नम्बरको कार र विपतरीत दिशातर्फ जाँदै गरेको ना ६ ख १५५९ नम्बरको ट्रकमा रहेका छ्न ।पहिरो गएको सो स्थानमा पहिरो हटाउने र रुख काटेर पन्छ्याउने काम भइरहेको छ । अबरुद्ध सडक दुईतर्फी संचालनमा ल्याउन प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

फोटो : गोविन्द घिमिरेको फेसबुकबाट