होमपेजचितवन विशेषचितवनको माडीमा जिते १० जनाले कोरोना

चितवनको माडीमा जिते १० जनाले कोरोना

चितवन , असार २९ – चितवन माडीको बसन्तपुर स्थित माडी क्याम्पस आइसोलेशनमा उपचारत १० जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । सो क्याम्पसको आइसोलेशनमा २१ जना कोरोना संक्रमितहरुलाई राखी उपचार गरिएकोमा १० जनाको अबधी पूरा भै कोरोना जितेर घर फर्किएका हुन् । उनिहरु लाई घर पठाइएको भए पनि दुई साता लामो होम क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको जनाइएको छ । आइलोशेन सेन्टर रहेका बाकी ११ जनाको उपचार भइरहेको बघौंडा अस्पताल माडीले जनाएको छ । माडीमा केही समय अगाडी माडी नगरपालिकाको सक्रियतामा ३० बेडको आइसोलेशन सेन्टर स्थापना गरि कोरोना संक्रमितहरुको उपचारका गरिदै आएको छ । सुरुको केही समय कोरोना संक्रमण पुष्टी भएका बिरामीहरुलाई उपचारका लागि भरतपुर पठाउने गरिएकोमा कोरोना विशेष अस्थायी अस्पतालमा भौतिक अबस्था लगायत सरसफाई, खानपिन र अन्य सुविधाहरु राम्रो नरहेको बिरामीको गुनासो आएको आएपछी माडीमा नै आइसोलेशन सेन्टर स्थापना गरि उपचार गरिदै आएको छ ।

ताजा समाचार