Home चितवन विशेष भरतपुर खानेपानीमा करिब ३ करोड बक्यौता , उपभोक्ता लाई रकम भुक्तानीका लागी...

भरतपुर खानेपानीमा करिब ३ करोड बक्यौता , उपभोक्ता लाई रकम भुक्तानीका लागी अनुरोध

0

चितबन, असार २९ , चितबनको भरतपुर स्थित भरतपुर खानेपानी ब्यबस्थापन बार्डले उपभोक्ताहरु लाई समयमा नै महशुल भुक्तानी गर्न अनुरोध गरेको छ । केही उपभोक्ताहरुले बिभिन्न बहाना बनाई समयमा नै रकम भुक्तानी नगरेकाले बोर्ड अन्तरगत २ करोड ८५ लाख रुपैया बक्यौता रकम बाकी रहेकोले कार्यालयले अनुरोध गरेको हो । कार्यालयले खानेपानी जस्तो अति संबेदनशिल क्षेत्र प्रभाबित बन्ने भन्दै कार्यालयले दिएको छुटको अबसर लाई सदुपयोग गर्न समेत आग्रह गरेको हो । कार्यालयले कोरोना प्रकोप सगै भएको लकडाउनको अबस्थामा उपभोक्ताको घरमा गएर मिटर रिडीड. गर्न नसकिएको भएपनि न्युनतम अंक अनुसारको रकम कायम गरिएकोले बिभिन्न हल्लाका पछाडी नलाग्न आग्रह गरेको हो ।

लकडाउनको समयमा बिश्बमा नै असहज परिस्थिती सिर्जना भएको अबस्थामा अत्याबश्यक सेबाको रुपमा लिइएको खानेपानी लाई सर्बसुलभ बनाउन कार्यालय प्रयत्नशिल रहेको भरतपुर खानेपानी बोर्डका प्रशासन शाखा प्रमुख तथा सुचना अधिकारी संजय बरालले बताए । केही उपभोक्ताहरु एकै पटक ४ महिनाको महशुल धेरै आएको भन्दै गुनासो गर्न आएको भएपनि उनीहरु लाई नियामानुसारको रकम मात्र लिएको बताई संझाएर पठाउने गरिएको उनको भनाई रहेको छ । उनी भन्छन खानेपानीले हरेक महिना नियमीत महशुल भुक्तानी गर्ने उपभेक्ता लाई छुटको ब्यबस्था गरेकोले छुटको सदुपयोग गर्न अनुरोध समेत गरेका छन ।

बोर्ड अन्तरगत जडान भएका धाराहरुको मासिक महशुल भुक्तानी गर्दा मिटर रिडीड. गरेको पहिलो र दोश्रो महिना उठेको रकमको ३ प्रतिशत रकम छुट हुने , तेश्रो महिनामा बिल अनुसार हुने , चौथो महिनामा १० प्रतिशत थप एबं पाचौ महिनामा २० प्रतिशत र छैठौ महिना देखी ५० प्रतिशतले जरिवान लाग्ने प्रबक्ता बरालको भनाई छ । भरतपुर खानेपानी ब्यबस्थापन बोर्ड अन्तरगत हाल करिब ३० हजार उपभोक्ता रहेको र मासिक करिब ८० लाख रुपैया महशुल रकम संकलन हुने गरेको छ । कार्यालयले यस आर्थिक बर्षमा भरतपुर नगर क्षेत्रको ३३ किलो मिटर नयाँ पाईप जडान गरि थप उपभोक्ता लाई धारा जडान गरिएको तथा फोहर ब्यबस्थापनका लागी बिभिन्न स्थानमा ३० वटा कम्पोष्ट च्याम्बर बितरण गरेको जनाएको छ । कार्यालयले हाल दैनिक १ करोड ४० लाख लिटर पानी बिहान ५ बजे देखी १० बजे सम्म र दिउसो २ बजे देखी बेलुकी ९ बजे सम्म खानेपानी बितरण गर्दे आएको छ ।