काठमाण्डौ असार २९ –वबितेको २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा ५ हजार ८ सय ५६ जना को कोरोना परिक्षण गरीएको छ । ति गरिएका परिक्षणमा थप १४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङमा १४४ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए ।
उनका अनुसार अब देशभर संक्रमितको संख्या १६हजार ९ सय ४५ पुगेको छ । प्रबक्ता गौतमका अनुसार हाल सम्म १० हजार ७ सय ५ जना डिस्चार्ज भएका छन् ।
देशभर आज सम्म २३ हजार ४ सय ७० जना क्वारिनटिनमा रहेका छन । त्यस्तै आइसोलेशनमा ६ हजार ६ सय १३ जना रहेका छन् । अहिले सम्म देशभरका अस्पतालबाट १० हजार ७ सय ५ जना रहेका छन् । कोरोनाको कारण अहिलेसम्म ३८ जना को निधन भईसकेको छ । – गोदावरि न्युज