होमपेजUncategorizedफेरि भासियो नारायणगढ - मुग्लिन सडक

फेरि भासियो नारायणगढ – मुग्लिन सडक

चितवन , असार, २९ – नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर–२९ सत्रकिलो भन्ने स्थानमा आज बिहान सडक भासिएको छ । केही दिनदेखी भैरहेको बर्षाका कारण सडक भासिन पुगेको हो । सडक भासिए पछि अहिले सो स्थानमा एकतर्फी रूपमा मात्रै सवारीका साधनहरु सञ्चालन भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दिएको अविरल वर्षाको कारण नारायणी नदिको बहाब समेत बढेको र सडकको कमजोर भागको करिब डेढ फिट पिच सडक भासिएको जनाइएको छ । नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न तीन ठाउँमा यसअघि पनि केही स्थानमा सडक भासिएको थियो भने केही दिन पहिले सोही आसपासको क्षेत्रमा पहिरो खसी सडक अबरुद्ध बन्दै आएको थियो

ताजा समाचार