Home चितवन विशेष चितवनको माडी रिउ खोलामा मानव कंकाल भेटियो

चितवनको माडी रिउ खोलामा मानव कंकाल भेटियो

0

चितवन, असार २८ – चितवनको माडीमा मानव कंकाल फेला परेको छ । माडी नगरपालिका वाड नम्बर ३ रिउ खोलाको किनारमा आज आइतबार एक मानव कंकाल भेटिएको हो । खोलाले बगाएर ल्याएको टाउको र हात नभएको सडेको अवस्थामा एक मानव कंकाल भेटिएको ईलाका प्रहरी कार्यालय माडी बसन्तपुरका प्रमुख , प्रहरी निरिक्षक हर्क बहादुर विश्वले बताए । गोठालाले उक्त कंकाल खोलाको छेउमा देखेपछि प्रहरीलाई खबर गरेपछी मुजुल्का बनाइ डिएनए परीक्षणका लागि भरतपुर पठाउन लागिएको उनको भनाइ छ ।

तस्बिर : स्वदेश एफ एम