होमपेजचितवन विशेषचितवनका पत्रकार अधिकारी द्वारा बिबाह खर्च कोरोना कोषमा हस्तान्तरण

चितवनका पत्रकार अधिकारी द्वारा बिबाह खर्च कोरोना कोषमा हस्तान्तरण

चितवन , असार २८ , चितवनका पत्रकार दिपेन्द्र अधिकारीले आफ्नो विवाह भोजको रकम कटौती गरेर कोरोना राहत कोषमा सहयोग गरेका छन् । कोराना महामारीसँगै जारी गरिएको लकडाउनको समयमा विवाह बन्धनमा बाँधिएका अधिकारीले भोजका लागि छुट्टाइएको रकम कोरोना राहत कोषमा जम्मा गरेका हुन । पत्रकार अधिकारीले आज एक लाख रुपैयाँ इच्छाकामना गाउँपालिकाको कोरोना राहत कोषमा जम्मा गरेका हुन । इच्छाकामना गाउँपालिका–३ कमेरेका स्थानीयबासी पत्रकार अधिकारी असार १४ गते कालिका–९ की सिर्जन भण्डारीसँग वैवाहिक बन्धनमा बाँधिएका थिए । बिबाह जस्तो सास्कृतिक जमघट र अनावश्यक खर्च गर्नु भन्दा सामाजिक उत्तरदायीत्व पूरा गर्नु आबश्यक ठानेर गाउपालिका लाई सहयोग गरेको उनले बताए ।उनीहरुले आज नगद एक लाख रुपैयाँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साललाई हस्तान्तरण गरेका हुन ।

ताजा समाचार