काठमाडौं असार २८ – बलिउडकी चर्चिच अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो भने जया बच्चनको रिपोर्ट नेगिटिभ आएको छ ।
यसअघि शनिबार नै अमिताभ र अभिषेक दुबैको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरु शनिबार नै अस्पताल भर्ना भइसकेका छन् । होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।