होमपेजचितवन विशेषअबैध मृगौला प्रत्यारोपणको आरोपमा चितवनमा ४ जना डाक्टर पक्राउ

अबैध मृगौला प्रत्यारोपणको आरोपमा चितवनमा ४ जना डाक्टर पक्राउ

चितवन , असार २७ – प्रहरीले चितवनको पुरानो मेडिकल कलेजबाट चार जना डाक्टरहरुलाई पक्राउ गरेको छ। अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका आरोपमा प्रहरीले उनिहरु लाई पक्राउ गरेको हो । पक्राउ पर्नेमाहरुमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी लगायतका रहेका छन।
प्रहरीले जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको जनाएको छ।मानव बेचबिखन अनुसन्धान ब्युरोबाट आएको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं लैजाने तयारी गरेको हो । यस विषयमा बिस्तृत कुरा जानकारी दिने उदेश्यले ब्युरोले आइतबार पत्रकार सम्मेलन मार्फत बताउने जनाइएको छ ।
सो कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरेको स्रोतले दाबी छ।

ताजा समाचार