होमपेजचितवन विशेषमाडी पुगेर प्रचण्डले भने : चुनाबको प्रतिबद्धता पूरा गर्छु

माडी पुगेर प्रचण्डले भने : चुनाबको प्रतिबद्धता पूरा गर्छु

चितवन , असार २७ – नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माडीको बिकाशको लागि आफुले हरतरहले लागेको बताएका छ्न । आज माडी पुगेर दहालले आफ्नो बाँकी कार्यकालमा निकुञ्जभित्र आकाशे पुल, रीउ करिडोर, रिङ रोड जस्ता संरचनाहरु निर्माण गरिने बताएका हुन । काठमाडौ बाट चितवन आकस्मिक भ्रमणमा आएका उनले शनिवार दिउँसो माडी पुगि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै चुनाबका बेला माडीका जनताहरुबिच गरेका सबै प्रतिबद्धताहरु पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । भरतपुर पुगेपछी उनले देश कोरोना , बाढी पहिरो , डुबान लगायतको प्राकृतिक प्रकोपमा परेकाले सोही अबस्था बुझ्न र बिकासका कामको जानकारी लिन आएको बताएका थिए । दहालले नारायणी नदिको कटानीको अबलोकन पछि बाढी ग्रस्त माडीको विभिन्न स्थानको समेत अबलोकन निरीक्षक गरेका हुन ।

ताजा समाचार