होमपेजचितवन विशेषमाडीमा खोलाले बगाएर ल्याएको अबस्थामा एक ब्याक्ती को लास फेला

माडीमा खोलाले बगाएर ल्याएको अबस्थामा एक ब्याक्ती को लास फेला

चितवन , असार २७ – चितवनको माडीको कल्याणपुर बजारदेखि सिमरा जाने बाटोमा पर्ने रीउ नदीमा आज बिहान एक पुरूषको शव भेटिएको छ । खोलाको किनारमा भेटिएको शब माडी ८ का अन्दाजी ४२ बर्षका सुरज भनिने पुर्व सिह तमाङ रहेको पुष्ठि भएको छ । गए रातीको भारी बर्षा पछि रिमाल खाेलाकाे बाढीले बगाएर सिमरा र कल्याणपुर काे बिचमा रिउ खाेलामा बगाएर ल्याएको अबस्थामा शब फेला परेको हो । आज बिहान खोला किनारमा रातो टिसर्ट र निलो पाइन्ट लगाएको तथा शरीरको अधिकांश भाग हिलोमा गडेको अवस्थामा शव भेटिएको हो ।

रीउ नदीमा माछा मार्ने क्रममा बिहान एक स्थानीय युवकले शव देखे पछि घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाएको थियो । शब लाई पोस्ट्मार्टमका लागि भरतपुर पठाउन लागिएको इलाका प्रहरी कार्यालय बसन्तपुर माडीले जनाएको छ । यसै बिच हिजो माडीको रिउ खोलामा बगेर बेपत्ता भएका ब्याक्ती हाल सम्म फेला नपरेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार