होमपेजचितवन विशेषचितबनको माडी रिउखोलामा डुबेर एक जना बेपत्ता

चितबनको माडी रिउखोलामा डुबेर एक जना बेपत्ता

चितवन, असार २६ –  चितबनको माडी धोबाहामा बाढीग्रस्त अबस्थाको रीउ खोलामा एक जना ब्याक्ती बेपत्ता भएका छन । माडी नगरपालिका ३ धोबाहाका अन्दाजी ४० बर्षका रामसिंह मर्दनीया गाउँछेउमै रहेको रीउ खोलामा हाम फालेर बेपत्ता भएका हुन ।
आज दिउसो दिउँसो भैंसी चराउने जाने क्रममा उनी खोलामा हाम फालेको र बेपत्ता भएको स्थानियबासीहरुले बताएका छन । घटनास्थलमा अहिले नेपाली सेना , ससत्र प्रहरी , नेपाल प्रहरी र स्थानीयबासीले हराइरहेका मर्दनीयाको खोेजी गरिहेको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख , प्रहरी निरीक्षक हर्क बिश्बले बताए ।
रीउ खोलामा पानीको बहाव उच्च रहेको समयमा उनी किन हाम फाले भन्ने अनसुन्धान गरिरहेको उनको भनाई छ ।

ताजा समाचार