Home चितवन विशेष सबारी पासको सिफारिस शुल्क नलिन भरतपुर महानगरको निर्देशन

सबारी पासको सिफारिस शुल्क नलिन भरतपुर महानगरको निर्देशन

0

चितबन, असार २६ – कोभिडको असर पछि सरकारले गरेको लकडाउनका बेला अत्याबश्यक कामका लागी प्रयोग गरिने सबारीका साधनहरु संचालनका लागी पास बनाउन आबश्यक पर्ने सिफारीसको शुल्कको स्थानिय स्तर बाट बिरोध भएपछि भरतपुर महानगरपालिकाले शुल्क नलिन निर्देशन गरेको छ । सबारी पासको लागी आबश्यक पर्ने बाड कार्यालयले सिफारीस गर्ने चर्को शुल्क लिने गरेको गुनासो स्थानिय स्तरमा बढेपछि महानगरपालिकाले सिफारिसमा शुल्क नलिन बार्डहरु लाई निर्देशन गरेको हो ।

महानगरपालिकाका बार्ड नंम्बर १० लगायतका केही बार्डहरुले एउटा सबारी साधनको सिफारिस शुल्क ६ सय रुपैया सम्म लिन थालेपछि स्थानियहरुले त्यसको बिरोध गरेपछि महानगरले बार्डहरु लाई पत्राचार गरेको हो । पत्रमा बिश्बमा फैलिएको कोरोना महामारी लाई मध्यनजर गरि सरकारले बन्दाबन्दी गरेको र यस्तो बिसम अबस्थामा सबारी पास अनिबार्य गरिएको तथा चितबन जिल्ला बाहिर बिभिन्न स्थान अत्याबश्यक कामका लागी जान सबारी साधन पासको लागी गरिने सिफारिस निशुल्क गर्न भनिएको छ । भरतपुर महानगरपालिकाका केही बार्डहरुमा सिफारिस शुल्क भन्दै मनोमानी तरिकाले शुल्क लिने गरेको गुनासो हुदै आएको थियो ।