होमपेजचितवन विशेषअविरल बर्षाका कारण चितवन माडीका विभिन्न क्षेत्र प्रभावित

अविरल बर्षाका कारण चितवन माडीका विभिन्न क्षेत्र प्रभावित

चितवन , असार २६ – अविरल बर्षाको कारण चितवन माडीको विभिन्न स्थानको जनजीवन प्रभावित बनेको छ । बिहिबार राती बाट निरन्तरको बर्षाले माडी क्षेत्रको विभिन्न स्थान डुबानमा परेको छ भने नदि कटानले जनजिबन प्रभावित बनेको हो । माडी नगरपालिका वाड नम्बर ७ मा रहेको त्रिबेणिधाममा परुइ खोलाले आसपासको क्षेत्र कटानी गरेको छ भने धाममा रहेको प्रतीक्षालय समेत बगाएको छ ।

बर्षाकै कारण माडीका अधिकाश खोलाहरु बढेको स्थानिय गिता बि.कले बताइन । रिउ खोला बढेका कारण दिबानगर गाउमा बाढी पस्ने खतरा समेत बढेको उनको भनाइ छ । यहि गतिमा बर्षा भैरहेमा मन्दिर समेत क्षेती गर्न सक्ने गाउलेहरुको भनाइ छ । बर्षाकै कारण दिबानगर गाउका केही घरमा पानी पसेर क्षति गरेको छ । माडी क्षेत्रका अधिकाश ठाडा खोलाहरुमा पानीको बहाव बढेका कारण आवतजावतमा समेत समस्या भएको छ । माडीका घागर , टम्टा, टुनामुना , पतरे , बादरमुढे , मगुइ लगायतका खोलाहरुले कटानी गरि स्थानियहरुको खेतमा पसेको बताइएको छ ।

ताजा समाचार