होमपेजचितवन विशेषचितवनमा थप एक जनामा कोरोना संक्रमण देखियो

चितवनमा थप एक जनामा कोरोना संक्रमण देखियो

चितवन , असार २५ – चितवन भरतपुर स्थित भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज गरिएको परिक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । महानगरपालिका -१६ का एक जना ३७ बर्षका पुरुषमा काेराेना संक्रमण पुष्टि भएको हो । उनी होम क्वारेन्टिनमा बसेका ब्याक्ति रहेको भरतपुर अस्पतालले जनाएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको १५९ परीक्षण मध्ये उनिमा कोरोना पोजिटिभ रहेको पुष्टि भएको हो । उनी कतारबाट आएर आफ्नै घरमा क्वारेन्टिनमा बसिरहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताए।

ताजा समाचार