होमपेजताजा समाचारनेपालमा भारतिय टेलिभिजन न्युज च्यानलहरु प्रशारणमा रोक

नेपालमा भारतिय टेलिभिजन न्युज च्यानलहरु प्रशारणमा रोक

काठमाडौं , असार २५ – विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बिहिवार साझ बाट बन्द गरेका छन् । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित , उच्छृङ्खल ,अनर्गल प्रचार गरिरहेको तथा पछिल्लो समय प्रधानमन्त्री केपि ओलि र चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको हो । भारतिय टिभी च्यानलहरुले नेपाल र नेपाली लाई आघात हुने गरि समाचार प्रशारण गरेको तथा सामाजिक संजालमा समेत व्यापक बिरोध भएपछि भारतिय च्यानलहरूको प्रशारण अदृश्य बनाइएको जनाइएको छ ।वितरकहरुले दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको जनाएका छ्न ।

ताजा समाचार