होमपेजताजा समाचारसिन्धुपाल्चोक बाढी र पहिरोको चपेटामा : दुईको मृत्यु , १९...

सिन्धुपाल्चोक बाढी र पहिरोको चपेटामा : दुईको मृत्यु , १९ जना बेपत्ता

काठमाडौ , असार २५ – अबिरल बर्षाका कारण सिन्धुपाल्चोक पहिरोको चपेटामा परेको छ । गएराति बाह्रबिसे नगरपालिकाको गातिस्थित जम्बु बजार पहिरोले पुरिदा १४ घरका १९ जना बेपत्ता भएका छन् ।
राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको अनुमान जनाइएको छ ।


अविरल वर्षाका कारण गएको पहिरोले बजार सिंगै बगाएको हो । अहिलेसम्म २० वर्षिय निकेश श्रेष्ठ र ३ वर्षिय छोरीको शव भेटिएको प्रहरीले जनाएको छ ।बाह्रविसेमा रहेको नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरी उद्दार कार्यमा खटिएका छन् । तर लामोसाँघु बजारको सिरानमा रहेको सुनकोशीको जलविद्युत आयोजनाको ड्याम रहेको स्थानमा अरनिको राजमार्ग समेत बगाएका कारण बाह्रबिसे जाने बाटो समेत बन्द भएको बताइएको छ । बढी र पहिरोका कारण सो क्षेत्रमा ठूलो क्षेत भएको जनाइएको छ । अहिले घटना स्थलमा सभामुख अग्नि सापकोटा जाने तयारी भै रहेको जनाइएको छ ।

ताजा समाचार