होमपेजचितवन विशेषचितवनको माडीमा लायन्स क्लब गठन

चितवनको माडीमा लायन्स क्लब गठन

चितवन , असार २४ – सामाजिक कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउने उद्देश्यले आज चितवनको माडीमा माडी ग्रीन लायन्स क्लव गठन भएको छ ।सामाजिक अगुुवा श्रीप्रसाद दवाडीको अध्यक्षतामा गठन गरिएको क्लवको प्रथम उपाध्यक्षमा हरि भुषाल,द्वितिय उपाध्यक्षमा रामेश्वर चौधरी, ,तृतीय उपाध्यक्षमा यमनाथ सुवेदी(रामु) र महासचिवमा प्रविण भण्डारी चयन भ्एका हुन ।यसैगरी क्लवको क्लवको सचिवमा सुलभबन्धु पोख्रेल,कोषाध्यक्षमा गोविन्दप्रसाद नेपाल, सह कोषाध्यक्षमा मुन्ना मिया,टेल ट्वीस्टरमा देवी प्रसाद भुर्तेल,टेमरमा लोकबहादुर क्षेत्री, पब्लिक रिलेसन अफिसरमा सञ्जय चौधरी,मेम्बरसीप अफिसरमा अशोक रिमाल चयन भएका छ्न ।यसैगरी क्लवको सदस्यहरुमा क्षेत्रप्रसाद देवकोटा,शिवप्रसाद सुवेदी, रामनारायण चौधरी, नवराज अधिकारी, किरण श्रेष्ठ, सूर्यबहादुर भण्डारी, नवीन बस्याल, टुकनारायण विश्वकर्मा, राजु बिक,हरिभक्त वाग्ले, हरि अधिकारी,रेशमलाल आचार्य चयन हुनुभएको क्लवका महासचिव प्रविण भण्डारीले जानकारी दिएका छ्न । क्लवले इको माडी बनाउने अभियानमा सहयोग गर्दै शिक्षा, स्वास्थ्य र वातावरणका हरेक क्षेत्रमा काम गर्ने योजना क्लवको रहेकोले विपद्को क्षेत्रमा पनि काम गर्दै अगाडि बढ्ने क्लवका अध्यक्ष श्रीप्रसाद दवाडीले बताए ।परिस्थिति सहज बनेपछि नवगठित क्लबका पदाधिकारी र सदस्यहरुको चार्टर सेरेमोनी आयोजना गरिने पदस्थापन गरिने अध्यक्ष दवाडीले जानकारी दिए ।

ताजा समाचार