Home चितवन विशेष माडीका ग्रामीण सडक हिल्याम्मे , हिडडुलमा सकस

माडीका ग्रामीण सडक हिल्याम्मे , हिडडुलमा सकस

0

चितवन , असार २४ – चितवनको माडी नगरपालिका वार्ड नम्बर ७ दिवानगरका स्थानीयहरु सडक स्तरोन्नति नहुदा समस्यामा परेका छ्न । बर्षादको समयमा दैनिक पानी परे सगै हिलो हुने गरेको र सडक ग्राभेल समेत नहुदा दर्जनौ परिवार समस्यामा परेका हुन । बिगत बाट नै गाउको मुख्य बाटो स्तरोन्नति नभएको पछि हिलोको कारण घर बाट बाहिर निस्कन समस्या भएको हो । माडी नगरपालिका क्षेत्रका अधिकाश मुख्य र भित्री सडकहरु स्तरोन्नति गरि ग्राभेल र पिच समेत गरिएको भएपनी नगरपालिकाको उपेक्षाका कारण आफुहरु समस्यामा परेको स्थानीयहरुको भनाइ रहेको छ । बाटोको समस्याका विषयमा पटक पटक वाड र नगरपालिकामा धाउदा पनि कुनै सुनुवाइ नभएको स्थानिय महिला अगुवा धर्मी पौडेलले बताइन ।

जनप्रतिनिधिहरुले पनि पहुचको आधारमा बिकाशका योजना अन्य स्थानमा पार्ने गरेका कारण आफुहरु बिगत देखिनै उपेक्षामा परेको उनको गुनासो छ । दिवानगरको बरचोक देखि त्रिबेणिधाम सम्मको करिब डेढ किलोमीटर बाटो हिलोको कारण हिड्नै नसक्ने भएको र हारगुहार गर्दा पनि कतै बाट कुनै सुनुवाइ नभएको अर्का स्थानिय मनकला आचार्यले बताइन । तर बाटोको स्तरोन्नति गर्न पटक पटक पहल गरेको र यसपटक ग्राभेल गर्ने योजना रहे पनि बजेट अभाबका कारण गर्न नसकिएको माडी नगरपालिका वार्ड नम्बर ७ का अध्यक्ष बालाकृष्ण सापकोटाले बताए । वार्ड्का धेरै सडकहरु ग्राभेल गरिसकिएको र बाकी केही स्थानका सडक आगामी आर्थिक बर्षको पहिलो चरणमा गर्ने उनको भनाइ छ ।