होमपेजचितवन विशेषबुधबार चितवनमा सरकारका पक्षमा बृहत् प्रर्दशन हुने

बुधबार चितवनमा सरकारका पक्षमा बृहत् प्रर्दशन हुने

चितवन , असार २३ – सरकार परिवर्तन गर्ने षडयन्त्र रचिएको भन्दै चितवनको भरतपुरमा बुधवार बृहत प्रदर्शन हुने भएको छ ।भरतपुरको चौविसकोठीमा बुधवार दिउसो ३ वजे सरकारको पक्षमा प्रर्दशन गरिन लागेको हो ।

सरकारको पक्षमा हुन लागेको प्रर्दशनमा देशभक्त युवा, विद्यार्थी तथा नागरिक अगुवाहरुको सहभागिता रहने जनाइएको छ ।

जिल्लाका विभिन्न स्थानबाट राष्ट्रिय झण्डा, प्लेकार्ड र ब्यानर सहित नागरिकहरु कार्यक्रममा सहभागी हुने बिद्यार्थी नेता अस्मिन घिमिरेले बताएका छ्न कोरोनासँग लडिरहेको बर्तमान सरकार ढाल्न देशी विदेशी शक्तिकेन्द्रहरु लागि परेको बताँउदै उनिहरुलाई खवरदारी गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।

बुधबार चितवन सहित देशभर बर्तमान सरकारको पक्षमा दवावमुलक रयाली लगायतको कार्यक्रम आयोजना गरिएको जनाइएको छ । केही दिन अगाडी चितवनमा युबा , बिद्यार्थीहरुले सरकारका पक्षमा कार्यक्रम गरेका थिए ।

ताजा समाचार