होमपेजचितवन विशेषचितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्ठि

चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन , असार २३ – चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा माडीका चार जना र रत्ननगरका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । माडी नगरपालिका–२ का ४४ वर्षीय पुरुष, माडी–३ का ४५, २४ र २६ वर्षीय पुरुष तथा रत्ननगर–७ की २५ वर्षीया महिलामा कोरोना संक्रमण फेला परेको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाकि प्रमुख डाक्टर नीतु अधिकारीले बताइन । प्रयोगशालाले दिएको जानकारीअनुसार ती सबै क्वारेन्टिनमा बसिरहेका व्यक्ति हुन् ।प्रयोगशालामा मंगलबार २२३ जनाको नमूना परीक्षण गरिएको जनाइएको छ ।

ताजा समाचार