चितवन, असार २३ – चितवनको भरतपुरमा जुवा खेलिरहेको अबस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ मिलन रोड स्थित एक घरमा जुवा खेलिरहेको अबस्थामा ८ जना जुवाडे लाई प्रहरीले पक्राउ गरेको हो । स्थानिय प्रकाशमान कर्माचार्यको घरमा आज दिउँसो लुकिछिपी जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटीएको टोलिले तासको खाल बाट ६१ हजार ७ सय ४३ रुपयाँ र तीन बुक तास समेत बरामद गरेको हो ।
पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका १ का ५५ बर्षिय प्रकाशमान कर्माचार्य, सोही स्थानका ४५ बर्षिय सरस्वती कुमार श्रेष्ठ, ५७ बर्षिय गम्भिर श्रेष्ठ, ४१ बर्षिय अनिल कुमार श्रेष्ठ, ४९ बर्षिय राज कुमार श्रेष्ठ, ४५ बर्षिय सुर्य कुमार श्रेष्ठ, ३५ बर्षिय पुष्प श्रेष्ठ र भारतको कोलकाता घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर २ बस्ने ३८ बर्षिय बप्पी खान रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनिहरुलाई जुवा कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनमा लकडाउनको मौका छोपी विभिन्न स्थानमा लुकिछिपी जुवातास हुने गरेको गुनासो हुने गरेको छ ।