होमपेजराजनीतिसरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय

सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय

काठमाडौं, असार २३ – समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ।

मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए।

पार्टीका नेता मोहम्मद ईस्तियाक राईले गिरीलाई सांसद पदबाट हटाइएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय भएको सेतोपाटीलाई बताए।

लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि उनले असहमति राखेकी थिइन्। (सेतो पार्टी )

ताजा समाचार