होमपेजचितवन विशेषभरतपुरमा बोरामा पोको पारेर फालिएको बेवारिसे शव फेला

भरतपुरमा बोरामा पोको पारेर फालिएको बेवारिसे शव फेला

चितवन,असार २३ – चितवनमा एकजनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका १० मैयाँदेवी कन्या कलेजको कम्पउण्ड नजिकै एउटा बेवारिसे शव फेला परेको हो । शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।

सडकमा हिँड्ने मानिसहरूको कुटपिटबाट मारिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।(नारायणी अन्लाईन )

ताजा समाचार