काठमाडौं , असार २२ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिप्रधानमन्त्री निवास बालुवाटारमा अाज अध्यक्षद्धयबीच ‘वान एण्ड वान’ भेटवार्ता भएको हाे । करीब डेढ घण्टा चलेकाे वार्ता सकारात्मक रहेकाे बताइएकाे छ ।अाज दुई अध्यक्षबीच मात्र वार्ता भएकाे हाे । अाइतबार भने दाेस्राे वरियताका नेता पनि सहभागी हुनुहुन्थ्याे । अाज दुई अध्यक्षबीच छलफललाई निरन्तरता दिने सहमति भएकाे छ ।सरकार ढाल्ने लगायत विषयले नेकपामा विवाद छ । साेही विवाद समाधान गर्न दुई अध्यक्षबीच दैनिकजसाे वार्ता भइरहेको छ । वार्ता जारी रहेकाले आज बाेलाइएकाे स्थायी कमिटी बैठक २४ असारसम्मका लागि स्थगित गरिएको छ ।
फोटो फाइल – sunrisekhabar